एमबीबीएस विद्यार्थीको आग्रह - खोपविना परीक्षामा सहभागी नगराइयोस् !
हाम्रो परीक्षा साउन २१ गतेबाट हुँदैछ । २०१९ ब्याचका अरु साथीहरुलाइ कोभिड भयो भनेर सुन्दा परीक्षाको लागि तयाररी गरिरहेका हामी २०१९ को ब्याच विद्यार्थीले मानसिक तनाव भोगिरहेका छौं । मानसिक तनावकाबीच कोभिड भएर स्वास्थ्यमा असर हुने डर त छ नै, अर्काेतिर परीक्षामा फेल हुने डर । कोभिड भएर परीक्षाको तयारी गर्न नसक्दा असफल भइयो भने बर्बादै हुन्छ भन्ने हाम्रो बिकसित मानसिकता र त्यसले उत्पन्न भएका भयले हामी मानसिक तनाव भोग्न बाध्य छौं ।
दोस्रो वर्ष देखि माथीका सबै मेडिकल विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाउँदै गर्दा तिमीहरुलाई त खोप छैन भनेर हामीलाई छुट्याइयो। कोभिड, अस्पतालमा मात्र आउँछ है बेसिक साइन्स कम्प्लेक्समा कोभिड आउन्न है भनेर नियमनकारी निकायले सोचेर हो कि ?
यस्तो कुरा आउँदा तिमीहरुको हित गर्छु भन्ने मेडिकल विधार्थी सङ्गठनले हाम्रो वकालत गर्नु पर्छ कि पर्दैन ? आउ मेम्बर बन्न हाम्रो सङ्गठन गौरवशाली सङ्गठन हो भन्ने अनि हामीलाई खोप नदिने भनिरहँदा केही नबाेल्ने ?
कोभिड भई मानसिक तनावमा भएका अनि स्वास्थमा समस्या आई परीक्षा दिन नसकेको अवस्थामा के हुन्छ ? केयर गर्दा गर्दै लाग्दो रहेछ याे राेग । त्यसमाथि हामीले खाेपै लगाएका छैनाै, हामीलाई त रोग सर्ने सम्भावना धेरै छ । कोभिड भएकै कारण हामी फेल हुन पर्ने ? अनि हामाीले खोप पनि लगाइएका छैनाै । परीक्षा स्थल जस्तो भीड हुने स्थानमा संक्रमण भए त्यसको जिम्मा कसले लिने ?
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) र हाम्रा हितका लागि लड्ने संगठनलाई म र म जस्ता सयौं बिद्यार्थीलाई पहिला खोप दिएर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने हामी माग गर्दछौ । यदि खोप नभए अर्काेविकल्प खोजेर परीक्षा लिन अनुरोध गर्दछु ।
(लेखक आचार्य गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत हुनुन्छ । )
हेल्थपाटी
तपाईँको अभिमत