‘भुवनेश्वर’ सबैलाई कोरोना खोप लगाइसक्ने भारतको पहिलो शहर
ओडिशा राज्यको भुवनेश्वर सहर भारतमा शतप्रतिशत लक्षित समूहलाई खोप लगाउने पूर्ण सहर बनेको छ ।
यस शहरका १८ वर्षमाथिका सबैलाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाइसकिएको भारतीय मिडियाले जानकारी दिएका छन् । भारतीय मिडियाका अनुसार यहाँका १८ वर्षमाथिका व्यक्तिहरुको जनसंख्या ९ लाख छ । यस राज्यमा लगभग सबैले दुवै डोज खोप लगाएका छन् ।
यस शहरमा १० लाख १६ हजार भन्दा धेरै डोज खोप लगाइसकिएको छ । खोप लगाउन नमिल्ने व्यक्तिहरु जस्तै वर्भवती महिला लगायत केही व्यक्तिलाई मात्रै खाप लगाइएको छैन। शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसक्दा पनि यहाँ कोरोना संक्रमण भने रोकिएको छैन। यहाँका करिब १० लाख जनसंख्या मध्ये १ लाखलाई कोरोना संक्रमण भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार भारतमा ४७ करोड २२ लाख भन्दा धेरै डोज कोराना खोप लगाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत