काठमाडौं उपत्यकामा थप ११७४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ११ सय ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७८, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २४२८ जनालाई संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण हुँदा २४२८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२३६५ जनाको पीसीआर र ६३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । संक्रमणपुष्टि भएकामध्ये २ लाख ७६ हजार ३४९ जना निको भएका भने ३१ सय १७ जनाको मृत्यु भएको छ । हाल १२ हजार ६९० संक्रमित आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत