छोरी मात्रै जन्माएर स्थायी बध्याकरण गरे सबैखाले करमा छुट
अ +
अ -
तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने भएको छ ।
नगरले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबैखाले करमा २० प्रतिशत छुट दिने निर्णय नगरसभाले पारित गरेको हो।
उपप्रमुख इन्दिरा दरैका अनुसार करछुटको नियम छोरोका उमेर २० वर्ष नपुग्दासम्म लागू हुनेछ ।
नगरका हुने लैंगिक विभेद हटाउनका लागि यस्तो नीति अगाडि सारिएको दरैले बताउनुभयो ।
नगरपालिकाले अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने व्यवस्था पनि मिलाउने भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत