२३२३ जनाले कोरोना जिते, ७ संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२३ कोरोना संक्रमितले कोरोना जितेका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ रहेको छ ।
आज देशभर १ हजार ६७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६७४ लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । यस्तै ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३०५ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत