ठूला शहरहरुमा संक्रमण बढ्दैछ, हेलचक्र्याई नगरौँ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला शहरहरुमा कोरोना संक्रमित थपिँदै गएकाले सचेत रहन सबैलाई अपिल गरेको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले काठमाडौं लगायत ठूला शहरहरुमा दिन प्रतिदिन संक्रमण बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन पुनः सबैलाई आग्रह गर्नुभयो ।
संक्रमण नियन्त्रणका लागि सरकार, नागरिक तथा सरोकारवाला निकायको पनि भूमिका रहने बताउँदै उहाँले हेलचक्र्याइँ नगर्न सबैलाई अनुरोध गर्नुभयो । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६१८ जनालाई कोरोना पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ६७३ जना पुगेको छ । जसमध्ये ४२ हजार २४९ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार २४३ जना डिस्चार्ज भए । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ । २४ घण्टामा १० हजार ६४१ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत