स्वास्थ्य मन्त्रालयलाई टेरेनन् कर्मचारीले, बुझाएनन् सम्पत्ति विवरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण पठाउन दिएको पटक - पटकको निर्देशन अवज्ञा भएको छ ।
स्वास्थ्य मन्त्रालयले पुस २५ गते विभाग, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्मा कार्यरत अस्थायी स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण पठाउन निर्देशन दिएको थियो । तर पटक- पटकको लिखित र मौसखक अनुरोध गर्दासमेत विवरण प्राप्त नभएपछि मन्त्रालयले पुन : २ दिनको म्याद दिएको छ । यदि यस अवधिमा पनि विवरण नबुझाए नियमानुसार हुने स्पष्ट पारेको छ ।
यो आजको सचिवस्तरीय निर्णय हो । सर्तकता केन्द्रले स्वास्थ्यका कर्मचारीहरुको सम्पत्ति विवरण मागेपछि स्वास्थ्य मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण मागेको थियो ।
ननन
हेल्थपाटी
तपाईँको अभिमत