प्रार्थना गरिरहेका बेला चर्च भत्किएर ९ जनाको मृत्यु
अ +
अ -
मध्य अमेरिकी मुलक मेक्सिकोमा चर्चको छानो खस्दा ९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार दिउँसो २ः१८ बजे उत्तरी मेक्सिकोस्थित सिउदाद मादेरो शहरमा घटना भएको रोयटर्सले जानकारी दिएको छ ।
रोयटर्सका अनुसार सामूहिक प्रार्थना भइरहेका बेला चर्चको छत खसेको थियो । अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ४० जना घाइते भएका छन् । करिब ३० नजा भग्नावशेषभित्र पुरिएको अनुमान गरिएको छ । प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको अनुमान छ ।
यतिखेर रातको समय भएपनि उद्धारकर्मीले खोजी तथा उद्धार जारी राखेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत