सीटीईभीटीद्वारा नर्सिङ,एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ ।
सीटीईभीटीले शुक्रबार सूचना प्रकाशित गरि नयाँ शुल्कका विषयमा जानकारी दिएको छ । सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि उक्त शुल्क ४ लाख ७५ हजार रुपैयाँ थियो।
निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा सीटीईभीटीले २०७१/२०७२ पछि शुल्क समायोजन गरेकाे जनाएकाे छ । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५र/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था छ।
अन्य कार्यक्रमका लागि शैक्षिक सत्र २०७१ /७२ मा तोकिएकै अधिकतम शुल्कनै कायम गरिएको सीटीईभीटीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत