नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको २० औं केद्रिय कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित्नु भएको छ ।
शर्माले २१५० मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र बसन्ती थापाले २८२ मत ल्याउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा निर्वाचित हुनुभएको छ ।
सुब्बाले २०६० मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत ल्याउनु भएको छ ।
उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरे विजयी हुनु भएको छ । उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।
महासचिवमा देवकुमारी १७३३ मत ल्याएर जित हासिल गर्नुभएको छ । उहाँकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ। यस्तै सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी हुनु भएको छ । अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याउनु भएको छ ।
सदस्यहरुमा मेनुका पोख्रेल,कला बस्याल गुरुङ ,हरिप्रसाद कोजु,कोपिला विश्वकर्मा,पासपति जयसवाल,सवेनाम वेगम, जानुका मोक्तान, शान्ति कुमारी विश्वकर्मा निर्वाचित हुनु भएको छ ।
यस्तै नर्सिङ परिषद सदस्यमा राज देवी अधिकारी घिमिरे, सुमिता पाठ र राधा देवी आचार्य विजयी हुनु भएको छ ।

तपाईँको अभिमत