काठमाडौं उपत्यकाका ८ सहित थप १५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६०

अ +
अ -
काठमाडौं । नेपालमा २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष संक्रमितको मृत्यु भएको छ । काठमाडौंकी ६१ वर्षकी महिला, ७७ वर्ष, ६२ वर्ष, ७३ वर्ष, ८५ वर्ष र ७० वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरका ५५ वर्ष र भक्तपुरका ७३ वर्षका पुरुषको मृत्यु भएको छ ।
यसैगरि मोरङका ४० र ७० वर्षका पुरुष, रामेछापका २३ वर्षका पुरुष तथा गोरखाकी ६३ वर्ष, नवलपरासीकी ६२ वर्ष, पर्साकी ५५ र कपिलवस्तुकी ४७ वर्षकी ७६ वर्षकी महिला मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
तपाईँको अभिमत