पूर्वमन्त्री श्रीपालीकी छोरीको अल्पायुमै निधन
अ +
अ -
पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीकी छोरीको अल्पायुमै निधन भएको छ । पोर्चुगलमा रहेकी संगीता श्रीपालीको आज निधन भएको दिदी विजया श्रीपालीले जानकारी दिइन्।
२८ वर्षीया संगीता करिब ३ वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनको ६ वर्षअघि विवाह भएको थियो । २ वर्षअघि पतिसँगै पोर्चुगल गएकी थिइन् ।
संगीताका ४ वर्षका छोरा समेत छन् । नेपालमा रहँदा पटक–पटक किमोथेरापीका साथै अप्रेसनसम्म गरी उपचार गरिएको थियो । पोर्चुगलमा पनि निरन्तर उपचार भइरहेको थियो । बचाउने सबै प्रयासहरु असफल भएको संगीताका पति हिक्मतले बताएका छन् ।
रुकुम स्थायी घर भएका श्रीपाली माओवादी केन्द्रका नेता हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत