वीर अस्पतालमा पोष्ट कोभिडको उपचार सुरु, कोभिडका बेड पनि खाली
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा पोष्ट कोभिडको उपचार सुरु भएको छ । अस्पतलालका प्रमुख प्रशासकीय अधिकारी प्राडा.भुपेन्द्र बस्नेतले वीरमा हिजोबाट पोष्ट कोभिडको उपचार सुरु भएको जानकारी दिनुभयो । उहाँले नयाँ सर्जिकल भवनको भुइँ तलामा यो सेवा चलिरहेको बताउँदै कोभिड पछि स्वास्थ्यमा उत्पन्न समस्याबारे परीक्षण गर्न आउन सर्वसाधरणलाई आग्रह गर्नुभयो ।
उहाँले हाल अस्पतालको नयाँ र पुरानो भवनमा गरि १०४ जना बिरामी उपचारत रहेको बताउनुभयो । आइसियु बेडमा चाप बढेपनि जनरल बेडहरु खाली रहेको भन्दै कोरोना संक्रमितहरुलाई अस्पतालमा आई सेवा लिन अनुरोध गर्नुभयो । प्रत्येक दिन ९७ देखि १११ जना संक्रमितको उपचार अस्पतालमा भइरहेको उहाँको भनाइ छ ।
हाल वीरमा २३० कोभिड बेड छन् जसमा ५५ आइसिय ८१ एचडीयु बेड रहेको प्राडा.बस्नेतले बताउनुभयो । कोरोनाको उपचारमा नेतृत्व गरेकाले वस्रले देशभरमा कोभिड डेडिकेटेड अस्पताहरुसँग समन्वय गरि सेवा प्रवहा गरिरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा २०७१ कोभिड बेड रहेकोमा हाल ८२६ जनामात्रै उपचाररत रहेको उहाँले बताउनुभयो ।
वीरमा अहिले दैनिक करीब १५०० नन कोभिडका बिरामीले सेवा लिइरहेको बताउँदै ४६० बेड नन कोभिड बिरामीका लागि छुट्याइएको बस्नेतले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत