आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरको सेवा विस्तार

काठमाडौंको तिलगंगा स्थित मानसिक स्वास्थ्य समस्याको उपचार केन्द्र ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा विस्तार गरेको छ।
५ वर्ष अघि मनोसामाजिक समस्या भएकाहरुका लागि काउन्सिलिङ तथा साइको थेरापी सेवा सुरु गरेको अस्पतालले १५ शैय्याको मानसिक अस्पतालका रुपमा विकास गर्दै सेवा विस्तार गरेको हो।
काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष आशामान संगतले अस्पतालको सेवा विस्तारको सुभारम्भ गर्नुभयो । उहाँले सेवाको सुभारम्भ गर्दै सहयोग गर्ने वचन व्यक्त गर्नुभयो ।
अस्पतालकी अध्यक्ष डा. रचना शर्मा बस्नेतले अस्पतालले प्रमोसन, प्रिभेन्सन, ट्रिटमेन्ट र रिह्याविलिटेसन जस्ता सबै क्षेत्रमा काम गरिरहेको बताउनुभयो । अस्पतालले उपचारमा ‘होलिस्टिक एप्रोच’ मेडिसिन, थेरापी काउन्सिलिङ सँगै लगिएको जानकारी दिनुभयो ।
त्यसैगरी आत्मन अस्पतालकी कार्यकारी निर्देशक साधना थापाले मानसिक स्वास्थ्यको प्रवद्र्धन तथा उपचार क्षेत्रमा सेवा दिने उद्देश्यले कान्सिलिङ र साइको थेरापीबाट सेवा सुरु गरी समग्र मानसिक स्वास्थ्य सेवाको रूपमा विकास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा अनिल विक्रम कार्की, काठमाडौं विश्वविद्यालयका सहायक डा दीपक कुवर, त्रिवि टिचिङ हस्पिटलका मानसिक रोग विभागका प्रमुख डा सरोज ओझा तथा विश्व स्वास्थ्य संगठनका मानसिक रोग विशेषज्ञ डा केदार मरहट्ठाले अस्पतालको सेवा विस्तारको लागि शुभकामना दिनुभएको थियो ।
तपाईँको अभिमत