एमबीबीएस भर्ना गरिदिने भन्दै ठगेको आरोपमा पूर्वस्वकीय सचिव पक्राउ
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेक्राउ पर्नुभएको छ । एमबीबीएस भर्ना गरिदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको हो ।
पोखरेललाई बिहीबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पोखरेललाई छ । पीडित चौधरी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बासिन्दा हुन्।
यस सम्बन्धमा सोमबार मोरङ जिल्ला अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पुस १९ गते अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत