निजी अस्पतालमा तोकिएको अनुपातभन्दा नर्सिङ कर्मचारी कम

फाइल तस्विर
निजी अस्पतालहरुमा नर्सिङ कर्मचारी तोकिएको अनुपातभन्दा कम राखेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शैंयासम्मका ८१ वटा अस्पतालको अनुगमन गर्दा यस्तो अवस्था देखिएको महालेखा परीक्षकको अन्ठाउन्नौ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । ५१ देखि २०० शैय्यासम्मका ९९ वटा अस्पताल छन् ।
अनुमगनका क्रममा भौतिक संरचना कमजोर, आवासीय तथा व्यापारिक प्रयोजनका लागि बनेका ठाउँमा सञ्चालन, कार्ययोजना अनुसार काम नगरेको, उपकरण तथा औजार मापदण्ड अनुसार व्यवस्थापन नभएको, मापदण्ड अनुसार प्रयोगशाला नभएको, ज्येष्ठ नागरिक कक्ष नरहेको जस्ता समस्या निजी अस्पतालमा देखिएको छ।
साथै फोहोरमैलाको उचित व्यवस्थापन नभएको, सघन उपचार कक्ष तोकिएको अनुपातभन्दा घटी राखेको, संक्रामक रोगका लागि उचित प्रबन्ध नगरेको, अधिकांश अस्पतालका जनशक्ति पूर्णकालीन नरहेको, भौतिक संरचना कमजोर, आवासीय तथा व्यापारिक प्रयोजनका लागि बनेका ठाउँमा सञ्चालन कार्ययोजना अनुसार काम नगरेको भेटिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेल छ।
त्यसैगरी उपकरण तथा औजार मापदण्ड अनुसार व्यवस्थापन नभएको,मापदण्ड अनुसार प्रयोगशाला नभएको, ज्येष्ठ नागरिक कक्ष नरहेको, फोहोरमैलाको उचित व्यवस्थापन नभएको,सघन उपचार कक्ष तथा नर्सिङ कर्मचारी तोकिएको अनुपातभन्दा घटी राखेको,संक्रामक रोगको लागि उचित प्रबन्ध नगरेको, अधिकांश अस्पतालका जनशक्ति पूर्णकालिन नरहेको पाइएको छ ।
यी समस्याहरु प्रत्येक वर्ष देखिने गरेको भएपनि कमजोरी सुधार्न वर्षेनी नवीकरण भइरहेको पाइएको भन्दै अनुगमनलाई प्रभावकारी बनाई मापदण्ड अनुसार सञ्चालन नभएका स्वास्थ्य संस्थालाई कारबाही गर्न परीक्षकको कार्यालयले सुझाव दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत