राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा शर्मा र महासचिवमा पौडेल
७ वर्षपछि भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशनले सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने निर्णय गरेको छ । काठमाडौंमा चैत २५ गतेदेखि जारी महाधिवेशनले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने सहमति जुटाएको हो ।
सहमति अनुसार डा. झलकशर्मा गौतमको अध्यक्षतामा १५१ सदस्यिय नयाँ कार्यसमिचि चयन गरिने भएको हो । डा. शर्मा निर्वतमान महासचिव हुनुन्छ । यस्तै महासचिवमा डा. सन्तोष पौडेल चयन हुनु भएको छ ।
यस्तै १ महिलासहित ४ जना उपाध्यक्ष हुने संघको विधानअनुसार महिला उपाध्यक्षमा शारदा खनाल, रामहरी ढकाल, भिमराजसिंह र जगत नेपालीलाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ ।
यसैगरी उपमहासचिवमा अमृता बराल र हिमालय तिवारी छानिनु भएको छ । यसैगरी सचिवमा प्रदेश १ मा रामचन्द्र मिश्र, मधेष प्रदेशमा डा.धमेन्द्र यादव, बागमती प्रदेशमा नारायण पौडेल,गण्डकी प्रदेशमा लक्ष्मण बसौंला, लुम्बिनी प्रदेशमा खगराज पोखरेल, कर्णाली प्रदेशमा शुशिल शाही र सुदुरपश्चिममा शिद्द ढुंगाना चयन हुनु भएको छ । सचिवमै उपत्यका तर्फ रुपा केसी र कोषाध्यक्षामा अञ्जु बस्नेत छनौट हुनुभएको छ ।
सदस्यहरु पनि सर्वसम्मतिबाटै चयन गरिने भएको छ । सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने निर्णय भएपनि मनोनयन प्रकृया आज हुनेछ । आज बन्दसत्र सुरु हुनेछ । महाधिवेशनका लागि ७०० बढी स्वास्थ्यकर्मी काठमाडौं आएको संघले जानकारी दिएको छ ।
‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आमनागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ चलिरहेको महाधिवेशनले ४ वर्षका लागि नयाँ नेतृत्व घाेषाणा गर्दै आज सकिनेछ ।
हाल संगठनमा करीब २८ हजार स्वास्थ्यकर्मीको आवद्धता रहेको संघको दाबी छ । संघको चिकित्सक, नर्सिङ,स्वास्थ्यकर्मीलगायत ६ वटा विभिन्न विषयगत घटक समितिहरु रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत