बाँकेमा दुई घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा दुई घण्टामा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज बिहान १०:३० देखि दिउँसो १२ : ४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान १०:३० बजे मृत्यु भएको हो । त्यस्तै, बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०:३० बजे नै मृत्यु भएको ओलीले बताउनुभयो ।
कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११:३० बजे मृत्यु भएको छ ।
बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११:४५ बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
त्यसैगरी, सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दिउँसो १२:४० बजे मृत्यु भएको फोकलपर्सन ओलीले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत