विशेषज्ञ लाइसेन्स परीक्षामा ६९ प्रतिशत पास
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी थिए ।
हेल्थपाटी
तपाईँको अभिमत