आजको मौसम : दिउँसो तीन प्रदेशमा भारी वर्षाको सम्भावना
अ +
अ -
पछिल्लो समय मनसुनी वायुको प्रभाव कमजोर बने पनि आज दिउँसो तीन प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलिरहने छ । कोशी, वागमती, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि धेरै जसो प्रदेशमा वर्षाको सम्भावना रहेको छ । गण्डकी, कोशी, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थनमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत