२४ घण्टामा २६२४ संक्रमित थपिए, १३२० कोरोनामुक्त, २० जनाको मृत्यु
उपत्यकामा ७९५जना
पछिल्लो २४ घण्टामा देशभर २६ सय २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६ सय ६७ जनाको पीसीआर र ४९ सय ६ जनाको एन्टीजेन गरि १३ हजार ५७३ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै सोही अवधिमा १३ सय २० जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३९ हजार ४०५ रहेका छन् जसमध्ये होम आइसोलेसनमा ३६ हजार २ र संस्थागत तर्फ ३४ सय ३ जना संक्रमित छन् । ७६० जना आइसियु र १८६ जना संक्रमित भेन्टिरलेटरमा उपचाररत छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७९५ जना छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनालाई संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिलेसम्म नेपालमा पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टीजेनबाट ७४ हजार ७११ गरि ८ लाख ५ हजार १९० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ हजार ८१६ जना कोरोनामुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत