सपिङ मल बिहान ११ देखि ४ बजेसम्म ३ दिन खोल्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय ७ दिन थप गरिएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले जनजीवनमा केही सहज हुने गरि खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार, बुधबार र शुक्रबार
विहान ११ देखि ४ बजेसम्म डिपार्टमेन्टल स्टोर(ग्रोसरीबाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सञ्चालन गर्न पाइने भएको छ ।
आइतबार, मंगलबार र बिहीबार
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सुन पसल, भाँडा, भान्साजन्य, विद्युतिय घरायसी सामग्री,अटोमाबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्प्यूटर पसल) आइतबार, मंगलबार, बिहीबार विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न सकिने छ ।
यसैगरी निर्माणजन्य सामग्रीको पसल हार्डवेयर पसल,स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर दैनिक बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
हेल्थपाटी 
तपाईँको अभिमत