डा.केसीको अवस्था जटिल, अक्सिजन र रक्तचाप घट्यो

फाइल तस्विर
काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन-झन बिग्रँदै गएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार लगायतका विभिन्न माग राखी २४ दिनदेखि अनसनमा रहनुभएका डा. केसीको शरीरमा अक्सिजन र रक्तचाप घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
केसीको रक्तचाप घटेर ७०/५० पुग्नुका साथै थकाई लाग्ने, रिंगटा लाग्ने, मुटुको धड्कनमा गडबडी तथा मांशपेशीको दुखाइको समस्या रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालमा रहनुभएका डा. केसीलाई बेला बेलामा अक्सिजन दिइएको छ ।
केसीको अवस्था जटिल बन्दै गएपछि आइसियुमा उपचार गर्नुपर्ने चिकित्सकहरुले बताए पनि डा.केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार पनि नगर्ने अनि अनसन पनि नतोड्ने अडान लिनुभएको छ ।
सरकारले भने केसीका धेरैजसो माग यसअघि नै पूरा गरि कार्यान्वयनमा रहेको भन्दै अनसन तोड्न आग्रह गरेको छ । संकटको समयमा अनसन, धर्ना, प्रदर्शन सुहाउँदो नरहेको सरकारको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत