पिजीको ओपन हाउस काउन्सिलिङमा सहभागी हुन आव्हान
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी)को एमडी/एमएस र एमडीएस बाहेकका कार्यक्रममा र्याप अप म्याचिङ(ओपन हाउस काउन्सिलिङ)मा सहभागी हुन अनलाइन आवेदन दिने मिति तय भएको छ ।
चिकित्सा शिक्षा आयोगले गत पुस १८, १९ र २० गते लिइएको प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र कुनै पनि विश्वविद्यालय/प्रतिष्ठानहरुमा भर्ना नभएका विद्यार्थीलाई ओपन हाउस काउन्सिलिङमा सहभागी हुन आवेदन खुलाएको हो ।
चैत ९ गते प्रकाशित तेस्रो म्याचिङको नतिजाको भर्ना अवधि पछि विभिन्न कार्यक्रमहरुमा रिक्त हुन आएका ९० सिटका लागि र्याप अप म्याचिङमा सहभागी हुन आयोगले आव्हान गरेको छ ।
आवेदन चैत १७ गतेदेखि आवेदन दिन सकिने आयोगले जनाएको छ । नाम निस्किएका विद्यार्थीलाई समूहमा राखी योग्यता क्रमअनुसार उनीहरूको चाहनाबमोजिम विषय रोज्न दिने प्रक्रिया ओपन हाउस काउन्सिलिङ हो ।
wrap-up-matching
हेल्थपाटी
तपाईँको अभिमत