पिजीको एमडी / एमएसको ओपन हाउस काउन्सिलिङमा सहभागी हुन आव्हान
अ +
अ -
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर(पिजी)को एमडी /एमएसको र्याप अप म्याचिङ तथा ओपन हाउस काउन्सिलिङमा सहभागी हुन चिकित्सा शिक्षा आयोगले आव्हान गरेको छ ।
पुस १८ गते सञ्चालन भएको एमडी / एमएस कार्यक्रमको प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र तेस्रो म्याचिङको नतिजा पश्चात रिक्त हुन आएका १४६ सिटका लागि ओपन हाउस काउन्सिलिङमा सहभागी हुन आयोगले सूचित गरेको छ ।
विभिन्न विषयका लागि अनलाइन आवेदन सूचना प्रकाशित भएको आजको मितिदेखि वैशाख २४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ ।
MDMSwrapup
हेल्थपाटी
तपाईँको अभिमत