स्वास्थ्य कार्यालय ललितपुरद्वारा होम आइसोलेसनमा हेल्थ किट वितरण
काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले महालक्ष्मी नगरपालिकामा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई हेल्थ किट वितरण गरेको छ । हेल्थ किटमा मास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, भाडा माझ्ने प्याड र साबुन र डिस्इन्फेक्टेन्ट सोलुसनहरु छन् ।
हेल्थ किट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप–प्रमुख थापाले होम आइसोलेसनमा रहेका संक्रमितहरुमा यस प्रकारका हेल्थ किट वितरण गर्नाले सकरात्मक उर्जा थपिने, मनोबल बढ्नुका साथै होम आइसोलेसनमा बस्दा थप होसियार रहन मदत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ललितपुरको नगर उप–प्रमुख निर्मला थापा, वडा अध्यक्ष नन्दकुमार न्यौपाने, स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलाल लगायत अन्य कर्मचारी तथा नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
यूनिसेफको सहयोगमा स्वास्थ्य सेवा विभाग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा महालक्ष्मी नगरपालिकामा ९६ वटा तथा गाेदावरी नगरपालिकामा २५ गते भन्दा पछाडि होम आइसोलेसनमा बस्ने ४८ जनालाई हेल्थ किट वितरण गरिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत