पूजा गर्न बालेको दियोबाट सुरु भएको थियो आगलागी, यी २० जनाको घर भए खरानी

तस्बिर सौजन्य : नेपाली सेना
गएराति मुगु जिल्लाको सदरमुकाम गमगढीमा बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी १ अर्ब भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट आगालगी सुरु भएको थियो । नेपाली सेनाका अनुसार पूजाको लागि बालिएको दियोबाट आगलागी सुरु भएको थियो ।

२० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडौँको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरीले क्षतिको विवरणबारे घरधनी, पसलधनीहरुसँग सोधपुछ गरिरहेको छ ।

पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् । राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो ।
क–कसका घर जले ?
१.ठिल्ले लामा
२.रतनबहादुर शाही
३.जानबहादुर हिता,
४.दानबहादुर हितान
५.जनकबहादुर मल्ल
६.झोम्वा लामा
७.एन्गल लामा
८.डम्बर मल्ल
९.र्तोचे लामा
१०.गुरु लामा
११.टासी लामा
१२.पृथ्वीजङ्ग शाह
१३.छत्रबहादुर मल्ल
१४.सकुन्तला शाही
१५.विशाल मल्ल
१६.लक्ष्मी शाही
१७.पुतली शाही
१८.कुशलाल सावत
१९.गोमा मल्ल
२०.छिरिङ लामा
हेल्थपाटी
तपाईँको अभिमत