नियमित खोप लगाउन छुटेका बालबालिकालाई २ दिन खोप लगाइँदै
अ +
अ -
सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई बैशाख १५ र ३१ गते खोप लगाउने भएको छ ।
वृहत खोज, र खोप अभियान अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई २ दिन खोप दिन लागेको हो ।
बैशाख १५ र ३१ गते देशभरमा सबै सरकारी स्वास्थ्य संस्थाबाट खोप दिन लागिएको हो ।
बालबालिकाहरुले खोप नलगाए कोही पनि सुरक्षित नहुने भएकाले स्वास्थ्य मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत