जेन्जी आन्दोलनमा देशभर २ हजार ५९९ जना घाइते

तस्विर : विकिपिडिया
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा देशभर २५९९ जना घाइते भएको विवरण सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरका अस्पतालहरुमा २५ सय ९९ जनाको उपचार भएको छ ।
आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा भदौ २३ गते एकै दिन १९ जनाको मृत्यु भएको थियो ।
जेन जी आन्दोलन र त्यससँग जोडिएर विकसित घटनाक्रममा ७२ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल प्रतिबन्ध र भष्ट्राचारविरुद्ध युवाहरुले आन्दोलन गरेका थिए ।
संसद भवन, विभिन्न जिल्लाका सरकारी कार्यालय सहित मन्त्री र सांसदहरूको घरहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। सोही आन्दोलनबाट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन परेको थियो र सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।
आगामी २१ गते प्रतिनिधी सभाको निर्वाचन हुँदैछ । चुनाव मिति नजिकिँदै गर्दा दलहरु चुनावी प्रचारमा व्यस्त छन् ।
जेन्जी आन्दोलनका क्रममा घाइते भई देशभरका अस्पतालहरुमा उपचार गराएकाहरुको विवरण :
genZ_list_wodrusu
हेल्थपाटी
तपाईँको अभिमत