कोरोनाको अतिरिक्त खोप लगाउन सरकारको अनुरोध, कसले पाउने ?
अ +
अ -
सरकारले कोभिड - १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक मात्रा अतिरिक्त खोप दिन लागेकाले नजिकैको स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ ।
अतिरिक्त खोप सबैले पाउने छैनन् । अतिरिक्त खोप पाउने लक्षित समूहहरु :
- मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु
- सक्रिय क्यान्सर बिरामीहरु
- अंग प्रत्यारोपण गरेका बिरामीहरु
- एचआइभी भएका बिरामीहरु
- उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि खाइरहेका बिरामीहरु
साथै भेरोसेल वा सिनोफार्म लगाएर ६० वर्ष र सो भन्दामाथि उमेरका व्यक्तिहरु ।
हेल्थपाटी
तपाईँको अभिमत