लगातार वर्षापछिको बाढी, पहिरोले अहिलेसम्म मानवीय क्षति कति ?

सप्तरी जिल्ला कञ्चनरुप नगरपालिका–३ बरमझियाको वस्तीमा पसेक बाढी ।
केही दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढी, पहिरोले अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ।
बुधबार बिहानसम्म बाढीमा परेर २२ जना घाइते भएको र ४३ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृह ममन्त्रालयले बुधबार बिहान दिएको विवरण अनुसार इलाम र डोटीमा ७–७ जनाको बाढी, पहिरोबाट मृत्यु भएको छ ।
पाँचथर र धनकुटामा ६–६ जनाको मृत्यु भएको छ । त्यसैगरी सुनसुरीमा २, कालीकोट र डडेलधुरामा १–१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा बझाङमा २३, हुम्लामा ६, कैलालीमा ४ अन्य केही जिल्लामा गरी ४३ जना बेपत्ता भएका छन् ।
मन्त्तालयका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।
अहिले सम्म २२ जना घाइते भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ।
बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत