कब्जियत र तौल घटाउनका लागि तातोपानी लाभदायक
शरीर स्वस्थ राख्न र हाइड्रेड राख्न सबैलाई पर्याप्त मात्रामा पानी पिउन सुझाव दिइने गरिन्छ । केही मानिसलाई मनतातो पानी मनपर्छ भने कसै–कसैलाई बिलकुल चिसो पानी मनमर्छ । केही विज्ञहरुलेले चिसो पानी पिउनुको सट्टा तातोपानी पिउँदा शरीरलाई धेरै फाइदा पुग्ने बताएका छन् ।
किन फाइदाजनक तातोपानी ?
स्वास्थ्य विशेषज्ञका अनुसार कुनै पनि किसिमको तापमानमा पानी पिउनु समग्र स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर, तातो पानी पिउनाले केही अतिरिक्त स्वास्थ्यलाई फाइदा मिल्न जान्छ । यद्यपी यो विषयमा अत्यन्त कम मात्रै अनुसन्धान भएको छ।
विहान उठेपछि मनतातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तातो पानीको अर्थ ५४ तथा ७१ डिग्री बीचको तापमान हो । धेरै तातो पानीले हाम्रो शरीरमा नोक्सानी समेत हुनसक्छ ।
बन्द नाकको समस्यामा फाइदा
तातो पानीले बाष्प बन्छ । तातो पानीबाट निस्कने वाष्प निक्लने भएकाले यसले नाक बन्द भई श्वास फेर्न गाह्रो हुँदा वा साइनसको लक्षण पनि ठीक गर्न सहयोग मिल्छ ।
२००८ मा गरिएको एक अध्ययनका अनुसार तातोपानीले सिंगान आइरहने नाक, खोकी, घाँटी र थकानबाट राहात मिल्छ । घाँटीलाई सफा राख्न सहयोग गर्छ । पेट ठीक राख्नमा सहयोगी हुनेछ ।
रक्त प्रवाहमा सुधार
विशेषज्ञहरु तातोपानीलाई वासोडिलेटर मान्छन् । यसको अर्थ हो यसले रक्त वाहिकालाई विस्तार गर्छ । जसबाट रक्त परिसंरचणमा सुधार आउँछ । यसका अलावा मांशपेशीलाई आराम दिन र दुखाइ कम गर्न पनि तातोपानी सहयोगी हुन्छ ।
तौल कम गर्न सहयोगी
वजन कम गर्ने उद्देश्यले वर्षौदेखि मानिस तातोपानी पिउँदै आएका छन् । अनुसन्धानले पनि धेरै पानी पिउनाले वजन कम गर्ने देखाएको छ । २००३ मा प्रकाशित एक अध्ययनका अनुसार तातो पानी पिउनाले वजन कम हुने देखाएको वैज्ञानिकहरुले बताएका छन् ।अमर उजालाबाट साभार
हेल्थपाटी
तपाईँको अभिमत