आज पनि निको हुने धेरै, ७२२६ जना कोरोनामुक्त
अ +
अ -
काठमाडौं । आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६९ सय ५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत