सामाजिक सञ्जालमा विज्ञापन गरिएका औषधिहरू गम्भीर रोगको कारण बन्न सक्छन् : औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले केही अवैध औषधिहरूको अवैध प्रचारप्रसार र बिक्री वितरण भइरहेको भन्दै अत्यन्त गम्भीर सूचना सार्वजनिक गरेको छ।
विभागका अनुसार विभिन्न सामाजिक सञ्जालहरू तथा अनलाइन प्लेटफर्महरू मार्फत ‘सुक्ष्मजीव निको पार्ने’, ‘मोटोपन घटाउने’, ‘प्रोस्टेट ठिक पार्ने’, ‘थाइराइड निको पार्ने’, ‘यौनशक्ति तथा उत्साह बढाउने’, ‘शुक्राणु वृद्धि गर्ने, ‘पाचन समस्या समाधान गर्ने’ लगायतका दाबीसहित अवैज्ञानिक र चिकित्सकको सिफारिसबिना प्रयोग गर्न पाइने खालका आयुर्वेदिक र हर्बल औषधिहरू बिक्री गरिएको पाइएको छ ।
यस्ता औषधिहरू चिकित्सकीय सिफारिस र वैज्ञानिक प्रमाणबिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य जोखिम हुने सम्भावना उच्च छ। यसले प्राणघातक रोग पनि निम्त्याउन सक्ने भन्दै विभागले गम्भीर र सचेत हुन सर्वसाधारणलाई अनुरोध समेत गरेको हो । साथै कतिपय अवैध र अवैज्ञानिक त्यस्ता औषधि उत्पादकलाई कारबाहीको दायरामा ल्याइएको पनि विभागले जनाएको हो ।
यसरी वैज्ञानिक परीक्षण नगरी बनाइएका तथा चिकित्सकको सिफारिसबिना प्रयोग गरिएका यस्ता औषधिहरूले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा विभागले सबै उपभोक्ता र विक्रेतालाई तत्काल यस्ता उत्पादनहरूको खरिद, प्रयोग वा प्रचारप्रसार नगर्न कडाइका साथ अनुरोध गरेको छ।
विभागले यस्ता औषधिहरूको उत्पादन, बिक्रीवितरण, वा विज्ञापनमा संलग्नहरूलाई कानुनी कारबाही अघि बढाइएको समेत जानकारी दिएको छ।
हेल्थपाटी 
तपाईँको अभिमत