डाक्टर बन्न मेडिकल कलेज छिर्नेवित्तिकै र्यागिङको टेन्सन , शिक्षकको गाली

नेपालको चिकित्सा क्षेत्रमा सिनियर र जुनियर डाक्टरबीच ठूलो खाडल रहेको चर्चा पटक–पटक हुनेगर्छ ।
जुनियर डाक्टरसँग एउटै मञ्चमा बस्नुपर्दा असहज महसुस गर्ने सिनियर डाक्टरहरू धेरै देखिन्छन् । जुनियर डाक्टर र आफ्नो सँगै फोटो छापिदाँ केही डाक्टरहरूल ठूलो आपत्ति जनाएको उदाहरण पनि छन् ।
आफू भन्दा अलिकति सिनियर भयो कि त्यसले जुनियरलाई पल्ने चलन यो क्षेत्रमा रहेको आरोप चिकित्सकहरूकै छ ।
जुनियरलाई हेप्नुपर्छ, पेल्नुपर्छ नत्र मात्तिन्छन् भन्ने सोचाइ मेडिकल क्षेत्रमा रहेको आरोप जुनियर चिकित्सकहरूको छ । ठूलो सपना बोकेर चिकित्सा क्षेत्रमा पाइला टेक्दै गरेको व्यक्ति सिनियरको पेलाइ तथा व्यवहारका कारण हतोत्साही हुने, पेसाप्रति वितृष्णा जाग्ने भएको अनुभव सुनाउने डाक्टरहरू पनि भेटिन्छन्।
यी विषयहरूलाई समेटेर हामीले केही सवाल उठाएका छौँ । डाक्टर बन्ने सपना बोकेको व्यक्तिले मेडिकल कलेज प्रवेश गरेदेखि नै सिनियरका नाममा दुखः झेल्नुपर्ने अवस्था देखिन्छ । हामीले पहिलो भागमा मेडिकल कलेजमा हुने र्यागिङ र शिक्षकका व्यवहारबारे चर्चा गरेका छौँ।
मेडिकल शिक्षा सुरु गर्दाका केही चिकित्सकका र्यागिङ अनुभव हेरौँ।
एक
हामी नेपाल आर्मीको मेडिकल कलेजमा एमबीबीएस पढ्ने तेस्रो ब्याच थियौँ। पहिलो वर्ष होस्टल पाइएन । निर्माणकै क्रममा थियो।
यस कारण पहिलो वर्षमा र्यागिङको कुनै समस्या थिएन । दोस्रो वर्षदेखि होस्टलमा बस्यौँ । अनि हामी भन्दा ठिक माथिल्लो ब्याच भन्दा पनि यो कलेजको एमबीबीएस पढ्ने पहिलो ब्याचले हामीमाथि र्यागिङ गर्थ्यो ।
आर्मीको कलेज भएकाले प्रशासनकै अगाडि, नगर भन्दाभन्दै र्यागिङ गर्ने अवस्था चाँहि थिएन । विशेष गरी राति खाना खाएपछि र्यागिङ सुरु हुन्थ्यो।
बारिह बरण्डामा निकालेर सामूहिक रुपमा र्यागिङ गरिन्थ्यो । उनीहरू कुर्सीमा बस्थे । हामीलाई उभ्याउँथे । उनीहरूको अगाडि टाउको निहुर्याएर परिचय दिनुपर्ने, गीत गाउन लगाउने, नाच्न लगाउने, जोक भन्न लगाउन गर्थे।
गर्दिन भन्यो भने। त्यसलाई विभिन्न कारणले दुःख दिने हुन्थ्यो ।
बेलुका ८ बजेपछि ला अब र्यागिङ समय हुनलाग्यो भनेर मनमा एक किसिमको त्रास हुन्थ्यो । एक महिना जति र्यागिङ भयो । टपमा हामी बस्थ्यौँ । वार्डेनको कोठा भुँइतलामा । वार्डेनलाई थाहै हुँदैनथ्यो र्यागिङ गरेको छ।
बाटोमा हिडिरहेको बेला पनि सिनियरहरूले ‘टाउको तल गरेर हिँड’ भन्थे । त्यो चाँहि कसैले मान्थे, कसैले टेर्दैनथे।
असाध्यै धेरै कलेजै छाड्नु पर्ने जस्तो गरी टर्चर दिनेगरी भने र् यागिङ भएन।
त्यो पछिको ब्याचअरुले खासै गरेनन् । हामीले पनि र्यागिङ गरेनौँ। त्यो पहिलो ब्याच कलेजमा रहँदासम्म धेरै र् यागिङ भयो।
-नेपाल आर्मी कलेजमा सन २०१३ व्याचमा एमबीबीएस अध्ययन गर्नुभएको एक चिकित्सकको अनुभव
दुई
मैले बंगलादेशमा एमबीबीएस(सन १९९६ ब्याच)पढेको हो । त्यहाँ के थियो भने एक ब्याच सिनियरले पृथ्वी चेप्टो छ भन्यो भने । हो पृथ्वी चेप्टो छ नै भन्नुपर्ने । किन भन्दा सिनियरले भनेको । वादविवाद गर्ने कुनै चान्स नै हुदैन्थ्यो।
पहिलो वर्ष भनेको सबैभन्दा जुनियर भयो । सिनियरको डरले जिन्स, टिसर्ट जस्ता लुगा त लगाउनै नपाउने उनीहरूले जे भन्यो त्यही गर्नुपर्ने। अन्तिम ब्याचकोलाई सलामै गर्नुपर्ने खालको परिवेश थियो।
शिक्षकले हाजिर गर्दा जुरुक्क उठेर उठेर प्रिजेन्ट सर भन्नुपर्ने एक साथीले आधा मात्रै उठ्दा एक महिनाको हाजिरी काटिएको थियो।
र्यागिङ हुन्थ्यो । र्यागिङकै कारण हामीसँगै बंगलादेश पढ्न गएको एक साथी छाडेर नेपाल आएको थियो । मैले फोन गरेर केही हुँदैन आइज भनेर कत्ति बोलाएँ । तर ऊ नेपालमा आएर नेपालकै मेडिकल कलेजमा पढ्यो।
–नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीको अनुभव
तीन
म बंगलादेशमा २०१३ मा एमबीबीएस भर्ना भएको । मेडिकल विद्यार्थीमा धेरै र्यागिङ हुने देश मध्ये बंगलादेश पनि पर्छ । त्यो बेला चाँही के नियम रहेछ भने विदेशी विद्यार्थीलाई र्यागिङ नगर्ने । त्यो भएर बचियो । त्यो कलेजमा पढ्ने नेपालीले नै र्यागिङ गर्थे।
त्यही वर्ष काठमाडौँ युनिभर्सिटी, धुलिखेलमा एमबीबीएस भर्ना भएको हाम्रो एक जना साथीले र्यागिङकै कारण हैरान भएर पढाइ नै छाडेको थियो । उसले मेडिकल पढाइ नै छाडेर इन्जिनियरिङ पढ्यो।
र्यागिङले गर्दा डिप्रेसनमा गएर उपचार नै गर्नुपरेको कुरा पनि केही साथीहरू सुनाउँथे । यो मेडिकल शिक्षाको एकदमै नराम्रो पक्ष हो।
–काठमाडौंको एक सरकारी अस्पतालमा कार्यरत मेडिकल अफिसरको अनुभव
विशेषज्ञ चिकित्सक भइसकेकादेखि, भर्खरै डाक्टर बनेका र डाक्टर बन्नका लागि अध्यरतरत विद्यार्थीहरूसँग र्यागिङका आ-आफ्नै अनुभव र किस्साहरू छन्।
धेरैका अनुभव सुन्दा आफूलाई मजाकको पात्र बनाएर सिनियरहरुले मनोरञ्जन लिँदा अपमानित भएको महसुस हुन्छ । कतिपयलाई यसले मानसिक उपचारमै जानुपर्ने समेत बनाएको अनुभवीहरू बताउँछन्।
एकातिर सिनियर विद्यार्थीबाट पेलाइ अर्कोतर्फ शिक्षकहरूको गाली तथा पेलाइले डाक्टर बन्ने सपनाको पहिलो खुड्किलोमै हेपाइलाई पचाउनु पर्ने बाध्यता रहेको चिकित्सक साथै अहिले अध्ययरन विद्यार्थीहरू स्वीकार्छन्।
र्यागिङको संस्कार भारतबाट अन्त फैलिएको चिकित्सकहरूको भनाइ छ। पहिलेको तुलनामा अहिले भारतसहित, नेपाल बंगलादेशमा समेत र्यागिङ संस्कार निरुत्साहित हुँदै गएको पुराना चिकित्सकहरू बुझाइ छ।
तर अहिले पनि नेपालकै मेडिकल कलेजमा र्यागिङबाट हैरान हुने विद्यार्थी धेरै छन् । अनुभवीका भनाइ अनुसार नेपालमा धेरै र्यागिङ हुने मेडिकल कलेजमा बीपी प्रतिष्ठान धरान, नेपालगन्ज मेडिलक कलेज पर्छन् । कारण ती कलेजमा त्यहाँ भारतीय प्रभाव धेरै छ। वीरगज्नमा रहेको नेशनल मेडिकल कलेजले त यसै वर्ष र्यागिङका नाममा जुनियर विद्यार्थीलाई दुर्व्यवहार गरेको भनी ७ जना विद्यार्थीलाई निष्काशन गरिएको सूचना सार्वजनिक गरेको थियो।
गतसाल नेपालगन्ज मेडिकल कलेजको एक भिडियो निकै भाइरल भएको थियो । सिनियरले र्यागिङ गर्दा उनीहरूले भनेको नमानेकाले अर्काे दिन लाइब्रेरीमा पढिरहेका बेला विद्यार्थीलाई सिनियरहरूले कुटपिट गरेको भनिएको थियो।
तर त्यसको खास वास्तविकता बाहिर आएन।
अहिले नेपालगन्ज मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीका अनुसार त्यहाँ चर्काे र्यागिङ हुने कुरा सत्य हो।
त्यहाँका एक विद्यार्थीले सुनाएको अनुभव निकै अचम्मका छन्। सिनियरहरूकै डरले कपाल ठुट्ठै पारेर काट्नुपर्छ । पहिलो वर्ष अध्ययन गर्न गएका विद्यार्थीलाई सिनियरको समूहले टाउको मुनि गरेर उभ्याउँछ। अनि आफू भन्दा कति वर्ष सिनियर हो त्यही अनुसार सम्बोधन गर्नुपर्छ । एक वर्ष सिनियर भए ‘दा’ भन्नुपर्छ । दुई वर्ष सिनियर भए ‘दादा’ र तीन वर्ष सिनियर भए ‘दादादा’ भन्नुपर्ने हुन्छ।
यसै वर्ष त्यहाँ पढ्न गएका धनुषाका एक विद्यार्थी र्यागिङको डरले पढाइ सुरु भएको २ साता नहुँदै घर फर्किए । उनले कलेज नफर्कने बरु अरु नै विषय पढ्ने निर्णय अभिभावकलाई सुनाएका थिए । अभिभावकले सम्झाइ-बुझाइ १ महिनापछि बल्ल कलेज फर्काए।
‘यसरी र्यागिङको हुनसक्छ भनेर पहिल्यै माइण्ड मेकअप गरेर गएका, संघर्ष गरेका विद्यार्थीलाई त सामान्यै लाग्छ । उस्तै त्यस्तैलाई अरुको अगाडि बेइज्जत गर्यो भनेर तनाव हुन्छ नि’ अहिले एमबीबीएस दोस्रो वर्ष पढ्दै गरेका एक विद्यार्थी भन्नुहुन्छ।
उनीहरूले जे साध्यो त्यही उत्तर दिनुपर्ने, सबैका अगाडि गीत गाउन, नाच्न लगाउने, जोक भन्नुपर्ने जस्ता नियम त अधिकांश मेडिकल कलेज छिर्ने विद्यार्थीका लागि विश्वविद्यालयले तोकेको कोर्सजस्तै भएको एक मेडिकल डाक्टर सुनाउनुहुन्छ।
कतिपयमा त शिक्षकले नै र्यागिङलाई प्रोत्साहित गरिरहेको केही विद्यार्थीहरूको आरोप छ । ‘कक्षामा पढाउन आएका टिचरले नै रीस उठ्दा तिमीहरूलाई र्यागिङ नपुगेको भनेर थर्काउँछन्’ एक मेडिकल अफिसरले आफू पढ्दाको अनुभव सुनाउनुभयो।
यसरी मेडिकल कलेज छिरेदेखि नै सिनियरबाट हेपिने डाक्टर विशेषज्ञ बनेर काम गर्न जाँदा समेत सिनियरबाट हेपिने क्रम नरोकिने डाक्टरहरू बताउँछन्।
प्रायजसो मेडिकल कलेजले २ वर्ष बेसिक साइन्स पढाउने स्थान छुट्टै ठाउँमा राखेको देखिन्छ । त्यहाँबाट थप अध्ययनका लागि नयाँ ठाउँमा जाँदा पनि पहिलो वर्षकै जस्तो र्यागिङ जुनियर विद्यार्थीलाई हुने एक मेडिकल अफिसरको भनाइ छ। 'बेसिक साइन्सबाट क्लिनिकलमा जाँदा पनि कम्ति र्यागिङ हुँदैन' ती डाक्टर भन्नुहुन्छ।
र्यागिङ ठिक कि बेठिक भन्ने आ–आफ्नै तर्क
र्यागिङ पूरै गलत हो नभन्ने जमात पनि छ । कलेजमार्यागिङ हुनपर्छ भन्ने विद्यार्थीहरू पनि भेटिन्छ । ‘ठिक छ ।र्यागिङ हुनुपर्छ । अहिले हामीले खाइयो अर्काे वर्ष हामीले नी गर्ने हो’ अहिले एमबीबीएस पहिलो वर्ष अध्ययरत एक विद्यार्थी भन्छन् ।
र्यागिङ सिनियर र नयाँ विद्यार्थीबीच घुलमिल हुने अवसर पनि रहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की बताउनुहुन्छ ।
'नत्र त सिनियर र जुनियर विद्यार्थीको भेट कहिले हुन्छ र ?' डा. कार्की भन्नुहुन्छ, आज र्यागिङ गर्ने सिनियरले अरु दिनमा केही पर्यो भने मलाई भन भन्दै संरक्षण पनि गरिरहेको हुन्छ।'
चिकित्सक पेशा एकदमै सम्वेदनशील र तनावमा काम गर्नुपर्ने भएकाले त्यसका लागि मानसिक रुपमा तयार पार्ने काम पनिर्यागिङले गर्ने डा.कार्कीको भनाइ छ ।
‘मानौ इमर्जेन्सीमा ड्यूटी छ, एउटा बिरामी हेरेरहेको हुन्छ । त्यो भन्दा सिरियस बिरामी आउँछ । अब त्यता लाग्नुपर्ने हुन्छ । पहिलेदेखि पालो कुरेको बिरामी मेरो किन भएन भने कराइरहेको हुन्छ। भोक लागेको हुन्छ । क्यान्टिन बन्द हुने बेला भइसकेको हुन्छ । घरमा छोराछोरी बिरामी हुन्छन् । एकै पटक यति धेरै दवाव, तनाव आउँदा पनि नआत्तिइ, कुनै गडबड नगरी बिरामीको सही उपचार गर्नुे दायित्व डाक्टरको हुन्छ’ डा.कार्की सुनाउनुहुन्छ ।
पढाइका बेलादेखि नै तनाव झेल्ने बानी बसाल्ने कामर्यागिङ गर्ने उहाँ बताउनुहुन्छ ।
चिकित्सक पेशा एकदमै सम्वेदनशील र तनावमा काम गर्नुपर्ने भएकाले त्यसका लागि मानसिक रुपमा तयार पार्ने काम पनिर्यागिङले गर्ने डा.कार्कीको भनाइ छ ।
‘मानौ इमर्जेन्सीमा ड्यूटी छ, एउटा बिरामी हेरेरहेको हुन्छ । त्यो भन्दा सिरियस बिरामी आउँछ । अब त्यता लाग्नुपर्ने हुन्छ । पहिलेदेखि पालो कुरेको बिरामी मेरो किन भएन भने कराइरहेको हुन्छ। भोक लागेको हुन्छ । क्यान्टिन बन्द हुने बेला भइसकेको हुन्छ । घरमा छोराछोरी बिरामी हुन्छन् । एकै पटक यति धेरै दवाव, तनाव आउँदा पनि नआत्तिइ, कुनै गडबड नगरी बिरामीको सही उपचार गर्नुे दायित्व डाक्टरको हुन्छ’ डा.कार्की सुनाउनुहुन्छ ।
मबीबीएस पढाइका बेलादेखि नै तनाव झेल्ने बानी बसाल्ने कामर्यागिङ गर्ने साथै त्यो बेला सिनियरबाट भएको पेलाइ जस्ता कुराले सहने शक्ति दिने उहाँ बताउनुहुन्छ।
डा.कार्कीका अनुसार भारतमा अहिलेर्यागिङलाई रोक्नु कानुनै बनाइएको छ । विस्तारै नराम्रो खालकार्यागिङ हट्दै पनि गएका छन्।
‘सिनियरले जुनियरलाइ माया गर्ने हो दुखः दिने होइन’ डाक्टर कार्की भन्नुहुन्छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जमा भने विद्यार्थी संगठन रहेकालेर्यागिङ नहुने त्यहाँ एमबीबीएस अध्ययन गर्नुभएका एक डेकिल चिकित्सकले बताउनुभयो । ‘आइओएममा विद्यार्थीलाई आफूतिर तान्ने अखिल र नेविसंघको प्रतिपर्धा हुन्छ । र्यागिङ हुँदैन ।’ ती डाक्टरले भन्नुभयो ।
चीनमा एमबीबीएस अध्ययन गर्नुभएको एक विशेषज्ञ चिकित्सकका अनुसार त्यहाँ यस्तोर्यागिङको संस्कार नै छैन । नेपाली विद्यार्थीले नेपाली विद्यार्थीमाथि नैर्यागिङ भने गर्छन् ।
केही पक्षलाई सकारात्मक रुपमा लिन सकिएपनि यो नराम्रो संस्कार भएको नेपाल चिकित्सक संघको अध्यक्ष डा.लोचन कार्कीको भनाए छ ।
र्यागिङका नाममा अस्वभाविक दुर्व्यवहार गर्ने, उनको आत्मसम्मानमा चोट पुर्याउने, मानसिक बिरामी हुने गरी, कलेज नै छाड्नु पर्ने बनाउने हर्कत बन्दु हुनुपर्ने डा.कार्की बताउनुहुन्छ।
नेपालको चिकित्सा क्षेत्रमै जुनियरलाई कराउनुपर्छ, थर्काउनुपर्छ नत्र हेप्छन् भन्ने सोचाइरहेको गण्डकी मेडिकल कलेजबाट एमबीबीएस सकेर अहिले इन्टर्न गरिरहनुभएको एक डाक्टर बताउनुहुन्छ।
यही कारणले गर्दा शिक्षकहरूले पढाइमा प्रवेश गरेदेखि नै गाली गर्ने हतोत्साही बनाउन खोज्ने हर्कत गर्ने उहाँको आरोप छ।
‘कक्षामा टिचरले पढाउने भन्दा त गाली नै धेरै गर्नुहुन्छ होला’ ती डाक्टरको आरोप छ, ‘हामीलाई त गाली खानु पनि एमबीबीएसकै एउटा कोर्स हो जस्तो लाग्थ्यो ।
यी विद्यार्थीले भनेजस्तै अनुभव अन्य मेडिकल कलेजमा अध्ययन गरेको विद्यार्थी तथा अहिले चिकित्सक भइसक्नुभएका व्यक्तिहरूले पनि सुनाउनु भएको छ । त्यसैले यो मेडिकल शिक्षाकै एक संस्कार भनेको रहेछ भन्ने सकिन्छ ।
(इन्टर्न गर्दा , मेडिकल डाक्टर भएर काम गर्दा र वशेषज्ञ डाक्टर भएर जाँदा समेत कसरी सिनियरको पेलाइमा परिन्छ? भन्ने विषय अर्काे सिरिजमा प्रकाशन गर्नेछौँ । सम्पादक)
तपाईँको अभिमत