दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम १७ प्रतिशतले कम

दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम कम हुने देखिएको छ । यूकेमा गरिएको एउटा अध्ययनले आफ्नो खानामा धेरै क्याल्सियम खाने मानिसहरूले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन सक्ने देखाएको हो ।
अनुसन्धाताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको आहारको विश्लेषण गरेका थिए। त्यसक्रममा उनीहरूले गाढा–हरियो सागपात, पाउरोटी र गाईको दूध बाहेकका नरिवल वा बदाम लगायतबाट बनाइने दूधको सेवनबाट पनि आन्द्रामा क्यान्सरको जोखिम गर्न मद्दत पुग्ने निष्कर्ष निकालेका छन्।
उनीहरूले अत्यधिक मदिरा सेवन र प्रशोधित मासुको सेवनले भने आन्द्रामा क्यान्सर हुने जोखिम बढाउने बताएका छन्।
क्यान्सरसम्बन्धी परोपकारी संस्थाहरूले स्वस्थ तथा सन्तुलित आहार, स्वस्थ तौल र धूमपान सेवन नगर्नु आन्द्राको क्यान्सरको जोखिम कम गर्ने सबैभन्दा उत्तम उपाय भएको बताउने गरेका छन्।
हालैको एउटा समीक्षाले दुग्ध पदार्थहरूले आमाशय (आन्द्रा) मा हुनसक्ने क्यान्सरको जोखिम कम गर्ने पत्ता लगाएको थियो।
अक्सफर्ड विश्वविद्यालय र क्यान्सर रिसर्च यूकेको अध्ययनले डेरी वा गैरडेरी खानेकुराहरूमा पाइने क्याल्सियमले क्यान्सर कम गर्न सक्ने देखाएको हो।
हरेक दिनको खानेकुरामा थप ३०० मिलिग्राम क्याल्सियम वा ठूलो गिलासमा भरी दूध पिउँदा क्यान्सरको जोखिम १७ प्रतिशत कम हुने अनुसन्धानमा उल्लेख छ।
बिहानको खानामा अन्न, फलफूल, कार्बोहाइड्रेट, सिरिअल, फाइबर र भिटामिन सी खाँदा पनि क्यान्सरको जोखिम कम हुने र दुग्ध पदार्थभन्दा त्यसको प्रभाव अलि कम हुने अध्ययनले देखाएको छ।
(बीबीसीबाट)
तपाईँको अभिमत