मेडिसिटी अस्पतालले उपचारमा चरम लापारवाही गरेको आरोप, ५ करोड क्षतिपुर्ति दाबी
ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालले उपचारका क्रममा लापारवाही गरेको भन्दै ५ करोडको क्षतिपूर्ति मागसहित पीडित पक्षले अस्पतालविरुद्ध मुद्धा दायर गरेको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा भएको लापारवाहीले श्रीमान /वुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै उहाँकी श्रीमती,छोरा छोरीले अस्पताल विरुद्ध ललितपुर जिल्ला अदालतमा फिरादपत्र दायर गरेका छन् ।
उनीहरुले उपभोक्ता संरक्षण ऐन, २०७७ को दफा ३ (छ ,ज ),दफा ५०,५१ बमोजिम फिरादपत्र दायर गरेका हुन् ।
परिवारका अनुसार असोज १ गते मुटुको परिक्षण इसिजी गर्न वुवा ज्ञानप्रसाद रिमाललाई अस्पताल भर्ना गरिएको थियो ।
बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनियो। असोज २ गते डा. रञ्जितकुमार शर्माको टोलीले एन्जीयोग्राम गरेर १ बजे आइसीयुमा सारेको जानकारी परिवारलाई गराए तर परिवारका सदस्यहरूलाई पनि भेट गर्न नदिएको फिरादपत्रमा उल्लेख गरिएको छ ।
जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्किएका थिए ।
‘एन्जियोप्लास्टी गरिसकेपछि आइसियू राख्दा बेलुका ५ बजे हात सुन्निएको फोका उठेको देखेर डाक्टर किशोरले कम्प्रेसन ड्रेसिङ हटाउदा हातको ड्रेसिङ ब्यान्डेज लुज गरिएन । बुवाले दुख्यो भनेर कम्प्लेन गर्दापनि वास्ता नगरिकन रातको १० बजे धेरै दुख्यो भनेको कारणले फेन्टान्यल दिइयो । सो पछि ३ घण्टा वास्ता गरिएन, बिरामीले सहनै सकिन भनेर कराउँदा पनि उपचारको अन्य विकल्प नसोची फेन्टान्यल मात्र दिई अरु विशेषज्ञ डाक्टरलाई नबोलाई बिरामीको स्वास्थ्यप्रति लापारवाही गरिएको छ, ’ फिरादपत्रमा उल्लेख गरिएको छ ।
टेपको एलर्जी भयो भनी मुखबाट १८० एमजीको एलेग्रा खुवाइएको मृतकको आफन्तको आरोप छ ।
असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको उल्लेख छ।
फस्सियोटोमीको सर्जरी गरेपछि बिरामी झन् नसक्ने हुनुभएर आइसियूबाट कोमा र भेन्टिलेटरसमेत राख्नुपर्यो र अन्तमा फेरि हेमो डाइलाइसिस गरेपछि बिरामीको अश्विन ४ गते चिकित्सकिय लापरवाहीकै कारणले मृत्यु भएको जिकीर फिरादपत्रमा गरिएको छ ।
md (1)
हेल्थपाटी
तपाईँको अभिमत