ह्याम्स अस्पतालमा शल्यक्रिया नगरी मुटुको भल्भ फेरियो

ह्याम्स अस्पतालमा शल्यक्रिया (छाती नचिरी) नगरी मुटुको भल्भ फेरिएको छ । काठमाडौंका ७४ वर्षीय पुरुषको शल्यक्रिया बिनानै मुटुको भल्भ फेरिएको हो। भारतमा कार्यरत नेपाली चिकित्सक डा. अमित चौरसियाको सहयोगमा ह्याम्सको चिकित्सक टोलीले आइतबार ति पुरुषको ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन ९टीएभीआई० विधिबाट भल्भ प्रत्यारोपण गरेको हो ।
‘खुट्टाको रगत नलिबाट क्याथेटर छिराएर मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण पछि बिरामीको स्वास्थ्य अवस्था स्थिर छ,’ ह्याम्सले नयाँ प्रकारको उपचार विधि र प्रत्यारोपण पछि बिरामीको अबस्थाबारे ह्याम्सले जानकारी दिएको छ ।
यहि खालको प्रत्यारोपण गत १६ फागुनमा बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्र (गंगालाल अस्पताल)मा भएको थियो । त्यसबेला गंगालाल अस्पतालले ८० बर्षीया महिलामा ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट भल्भ प्रत्यारोपण गरिएको बताएको थियो ।
ह्याम्सले शल्यक्रिया विना नै मुटुको भल्भ प्रत्यारोपण गर्ने आफू निजी क्षेत्रमा पहिलो र देशमा दोस्रो रहेको दावी गरेको छ ।
टीएभीआई विधिबाट भल्भ प्रत्यारोपणमा मेडिकल डाइरेक्टर समेत रहेका डा. ज्योतीन्द्र शर्मा, डा. यादवदेव भट्ट, डा. रबि बराल, डा. मुकुन्द शर्मा, डा. मुरारीराज उप्रेती, डा. सुरज लामिछानेको टोली थियो । यस्तै बिनिता अधिकारी, शान्तासिंह ठकुरी, श्वेता कुँवर, चुनकुमारी पुन, गृष्मा अर्यालले पनि सहयोग गरेका थिए ।
तपाईँको अभिमत