सहकर्मीको विदाइ पार्टीमा नाच्दानाच्दै हृदयघात भएर प्रहरीको मृत्यु
विदाइ पार्टीमा नाच्दानाच्दै भारतमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । भारतीय मिडियामा आएका खबरअनुसार घटना बुधबारको हो ।
दिल्ली प्रहरीका हेड कन्स्टेबल रवि कुमार आफ्ना सहकर्मीको विदाई पार्टीमा खुसी मनाइरहेका थिए । उनी फरक–फरक स्टेपले नाच्दै रमाइरहेका थिए । उनलाई एक्कासी छातीमा दुखाइ भएर उनी ढले तत्कालै उनलाई नजिकैको अस्पताल लगियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरे ।
दृदयघातबाट उनको मृत्यु भएको बाताइएको छ ।
उत्तर प्रदेश निवासी उनी २०१० सालमा दिल्ली प्रहरीमा भर्ना भएका थिए । अहिले दिल्ली उत्तरी क्षेत्रमा रहेको रुपनगर प्रहरी थानामा कार्यरत थिए । बुधबार राति प्रहरी कार्यालयमै विदाई पार्टी आयोजना गरिएको थियो ।
हृदयघात हुनुअघि उनी एक साथीसँग निकै रमाउँदै नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।
उनकी पत्नी र २ सन्तान उत्तर प्रदेशमै बस्दै आएको भारतीय समाचार एजेन्सी पीटीआइले खबर दिएको छ । पहिले देखि नै मुटु रोगको समस्या रहेका रवि कुमारको ४५ दिन पहिले मात्रै उनको एनजीओग्राफी गरिएको थियो ।

हेल्थपाटी
तपाईँको अभिमत