पर्सि आउने भेरोसेल खोप एकहप्ता भित्र लगाइने, ५५-५९ वर्ष उमेर समूह प्राथमिकतामा
काठमाडौं । सरकारले चीनसँग खरिद गरेको कोरोना विरुद्धको खोप अन्तगर्त पहिलो चरणमा शुक्रबार (पर्सि) १० लाख डोज भेरोसेल आउदंैछ । खोप लिन नेपाल वायुसेवा निगमको जहाज भोली चीनतर्फ प्रस्थान गर्दैंछ ।
पर्सि आउन लागेको खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई दिने तयारी सरकारको छ । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोपको नन डिस्क्लोजेवल एग्रिमेन्ट गरेको छ । असार २५ गतेदेखि नियमित रुपमा चीनबाट खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलकशर्मा गौतमले खोप प्राप्त भएको ७ देखि १० दिनभित्र खोप लगाउन सुरु गरिने बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय खोप कार्यान्वयन योजना अनुसारनै खोप दिइने छ । अहिलेसम्म ५५ देखि ६० वर्षभन्दा कम उमेरकालाई खोप नदिएकाले अबको खोपको प्राथमिकतामा सोही उमेरसमुह पर्ने उहाँले बताउनुभयो । यद्यपी यसबारे औपचारिक निर्णय भइनसकेको उहाँले बताउनुभयो साथै, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिपनि अबको खोपको प्राथमिकतामा पर्ने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांकअनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोभिड खोप लगाइसकेका छन् । जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले दोस्रो मात्रा लगाएका छन् ।
हालसम्म नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको मात्रै प्रयोग भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत