कोरोना खोपको प्रभावकारिता रगत परीक्षणबाट पत्ता लाग्छ ?
लन्डन । रगत परीक्षणबाट कोरोना खोपको प्रभावकारिता पत्ता लाग्ने देखिएको छ । बाँदरमा गरिएको एक अध्ययनअनुसार खोपको प्रभावकारिताको पूर्वानुमान गर्न सकिने देखिएको हो ।
शुक्रबार बेलायती जर्नल नेचरमा प्रकाशित अध्ययनमा बाँदरको प्रतिरक्षा प्रणालीमा शरीरभित्र भित्रिने कोरोना भाइरसविरुद्ध लड्ने प्रणाली विकास भएको रक्त संकेतहरूले देखाएको बताइएको छ ।
अनुसन्धानकर्ताहरूले यस्तै किसिमका संकेतहरू मानिसमा पनि पाइने आशा जागेको बताएका छन् । बलिया संकेतहरू पाइएमा खोपले कोरोनाविरुद्ध काम गर्छ भन्ने कुरा प्रमाणित हुनेछ ।
यदि मानिसमा पनि त्यस्ता संकेत पाइएमा कोरोना खोप विकासको तीव्रतामा सघाउ पुग्ने विज्ञहरूले बताएका छन् । त्यस्तै अहिले लामो प्रक्रियाबाट समेत मुक्त हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
‘यसले कोभिड खोप विकासको क्षेत्रमा अधिक तीव्र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ’, अनुसन्धाता डा. दान बाराकले भन्नुभयो ।
तपाईँको अभिमत