प्रदुषण अत्याधिक भएको भन्दै घरबाट बाहिर ननिस्कन अपिल
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रहेको भन्दै अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर घरबाट खुला स्थानमा नबस्न, मर्निङवाक नजान सर्वसाधरणलाई अपिल गरेको हो ।
काठमाडौं लगायतका देशको वायुमण्डलमा तुवाँलो पर्नुका साथै प्रदुषणको मात्रा बढेपछि आँखा पोल्ने, चिलाउने, घाँटीमा एलर्जी हुने लगायतका समस्या सर्वसाधरणलाई देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत