३५५८ जना संक्रमणमुक्त, ५२ संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार बुधबार १२ हजार चार सय १४ जनामा कोरोना परीक्षण भएको छ।
उहाँले २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको बताउनुभयो । त्यस्तै तीन हजार पाँच सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत