विश्व कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा : विश्व स्वास्थ्य संगठन
१११ वटा देशसम्म पुग्यो डेल्टा भेरियन्ट
अ +
अ -
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोमले विश्व कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती चरणमा रहेको चेतावनी दिनुभएको छ ।
डेल्टा भाइरस विश्वभर फैलिरहेको सन्दर्भमा टेड्रोसले यस्तो बताउनुभएको हो । ‘भाग्यवश हामी तेस्रो लहरको पहिलो चरणसम्म सुरक्षित छौं, ’ उहाँले भन्नुभयो ।
डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेको तर स्वास्थ्यका मापदण्ड पालना नभइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । घटिरहेको मृत्युदर फेरि उकालोतर्फ लागेको बताउनुभयो । डेल्टा भेरियन्ट १११ भन्दा बढी देशमा पुगिसकेको र केही समयमा यो पुरै विश्वभर पुग्ने चेतावनी उहाँले दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत