यी हुन् गत एक वर्षभित्र कुकुरको प्रयोगबाट भएका सफल अनुसन्धानहरू
नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुकुरले निकै सहयोग गरिरहेको छ। नेपाल प्रहरीले वि.सं. २०२६ सालमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालेको हो।
नेपाल प्रहरीका अनुसार मलेसियामा तालिम गर्न गएका ५ जना प्रहरीलाई मलेसियन सरकारले २ वटा तालिम प्राप्त कुकुर दिएको थियो। ती कुकुर नेपाल ल्याएपछि नेपालमा २ वटा कुकुर खरिद गरी ४ वटा कुकुरबाट सेवाको सुरुवात भएको थियो ।
नेपाल प्रहरीमा वि.सं. २०३२ सालमा प्रहरी नायब निरक्षकको नेतृत्वमा १० जनाको दरबन्दी कायम भई कुकुर शाखाको स्थापना भएको थियो । वि.सं. २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन भई केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल कायम भयो । साथै तत्कालीन ५ विकास क्षेत्रमा केनाइन तर्फको दरबन्दी राखियो ।
२०७५ सालमा केनाइन महाशाखा र २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालय नामकरण गरियो ।
हाल केनाइनतर्फ नेपालभरका १६ स्थानमा १६८ प्रहरी कर्मचारी कार्यरत छन् ।
विभिन्न ४ विषयका ९८ वटा प्रहरी कुकुरहरुले १२ स्थानबाट सेवा दिइरहेको केनाइन कार्यालयले जानकारी दिएको छ ।
केनाइन कार्यालयका प्रहरी उपरीक्षक डा.रामचन्द्र सत्याल कुकुरमा रहेको अत्याधिक सुँघ्ने क्षमताको प्रयोग गरी अपराधी पत्ता लगाउन कुकुरको सहयोग लिइन्छ ।
कुकुर तिहारको अवसरमा आज काठमाडौंको महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको थियो । यस अवसरमा कार्यालयले दिएको जानकारी गत वर्षको तिहारदेखि यस वर्षको तिहारसम्म कुकुरले विभिन्न १४ वटा अनुसन्धानमा सफलता हात पारेको छ र
जसमा अपराधीको खोजी तथा पहिचानतर्फ ५ वटा अनुसन्धानमा कुकुरबाट सफलता प्राप्त भएको थियो। हात हतियार तथा विष्फोटक पदार्थ खोजी/पहिचानमा २, लागू औषध खोजी एवं पहिचानमा ६ र खोजी तथा उद्धारमा १ वटा सफलता कुकुरमार्फतको अनुसन्धानबाट प्राप्त भएको छ ।
२०७९ तिहारदेखि २०८० तिहारसम्ममा प्रहरी कुकुरबाट भएको सफल अनुसन्धानहरू
अपराधीको खोजी एवं पहिचान
१. मिति २०८०/०३/२९ गते जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच बस्ने जगरनाथ साहको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या भएको घटनाको अनुसन्धानको निमित्त सिमानाका केनाइन शाखा विरगंजबाट ट्र्याकर विषयको प्रहरी कुकुर सहित खटी गएकोमा Rio नामको Tracker Dog लाई घटनास्थलमा प्राप्त महिलाले कपालमा लगाउने क्लिप सुधाई छोड्दा Dog ले निजकै श्रीमतीलाई स्पष्ट संकेत गरेको र सोही संकेतका आधारमा अनुसन्धान कार्य अगाडी बढेकोमा अनुसन्धान पश्चात जि.प्र.का. रौतहटबाट मुद्दा चलि सम्मानित जिल्ला अदालतको फैसलाबाट पुर्पक्षको लागी कारागार चलान भएको।
२. मिति २०८०/०५/२९ गते का.म.न.पा. ३२ तिनकुने स्थित बालकृष्ण शिवाकोटीले संचालन गरेको श्री दिव्य सः मिल एण्ड काष्ठ उद्योग भित्र नविन राई समेतका ४ जना व्यक्तिहरुको धारीलो हतियार प्रयोग गरि हत्या भएको घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी केनाईन कार्यालयबाट ट्र्याकर विषयको प्रहरी कुकुर सहित खटी गएकोमा रोज नामको Tracker Dog लाई घटनास्थल नजिकै रहेको चापाकलको ह्याण्डलको गन्ध सुँघाई छोड्दा घटनास्थलबाट तिनकुनेको बिचमा रहेको खाली जग्गाको गोरेटो, कोटेश्वर हुँदै जडिबुटी चोकसम्म कुकुरले ट्रयाक लिएको र अनुसन्धानको क्रममा CCTV फुटेज हेर्दा अभियुक्तले पनि सोहि बाटो प्रयोग गरि भागेको देखिन आएको ।
३. मिति २०८०/०६/०२ गते जिल्ला पर्सा जगरनाथपुर वडा नं. ५ मसिहानी कान्ति देवी मुखिया विनालाई घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या भएको घटनाको अनुसन्धानको निमित्त सिमानाका केनाईन शाखा वीरगन्जबाट ट्र्याकर विषयको प्रहरी कुकुर सहित खटी गएकोमा Rio नामको Tracker Dog लाई घटनास्थलमा प्राप्त Foot तथा Hand Print सुँघाई छोड्दा घटनास्थलबाट अं. ८ कि.मि. जानकी टोल नेपाल भारतको सिमासम्म Track लिएको र २ जना शंकित व्यक्तिलाई Find Out गराउँदा १ जनालाई संकेत गरेको र निजलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाईएको ।
४.मिति २०८०/०६/१४ गते बिहान अं. ७:५० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. १ कलमसीमा जिल्ला सिन्धुली मरिण गा.पा. वडा नं. ५ घर भई हाल बनेपा नपा. १ बस्ने बर्ष ५५ को दुधलाल थिङको हत्या भएको घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी केनाईन कार्यालयबाट ट्र्याकर विषयको प्रहरी कुकुर सहित खटी गएकोमा पप्पी नामको Tracker Dog लाई घटनास्थल वरपर रहेको चप्पलको छाप तथा रगतजस्तो देखिने रातो पदार्थ लागेको स्थानको Hand Print सुँघाई छोड्दा घटनाको समयमा प्रतिवादीले प्रयोग गरेको बाटो नै पछ्याएको कारणले अनुसन्धानमा थप मदत पुगेको ।
५.मिति २०८०/०६/३० गते रुकुम जिल्लाको मुसिकोट न.पा. ०१ त्रिवेणी चोक स्थित होटल सत्कारमा अन्दाजी २८ वर्षको महिला मृत अवस्थामा फेलापरेको घटनाको अनुसन्धानको लागी कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा, कोहलपुरबाट ट्रयाकर विषयको प्रहरी कुकुर सहित खटी गएकोमा जम्बो नामको Tracker Dog लाई घटनास्थलमा प्राप्त चक्कु सुधाँई छोड्दा शव भेटीएको स्थानबाट ट्र्याक लिदै जाँदा घटनास्थल नजिकको सिंडीको बाटो हुँदै दक्षिण तर्फ झरि मन्दिरको बाटो हुँदै त्रिवेणि जनता माध्यमिक विद्यालयको बाटो हुँदै मध्य पहाडि लोकमार्गको जिरो प्वाईन्टसम्म अन्दाजि २ कि.मी. ट्र्याक लिएको र शंकित अभियुक्तलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा कुकुरले ट्र्याक लियको बाटो नै प्रयोग गरेको भन्ने बयान दिएको हुँदा अनुसन्धान सफल भएको।
हात हतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान
१.सुरक्षा योजना मिति २०७९/०७/०६ गते बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचालन गरेको अन्तर्गत रातोमाटे चेक पोष्ट भएर चल्ने साना तथा ठुला सवारी साधनहरुमा चेक जाँच गर्दा विष्फोटक पर्दाथ खोजी गर्ने प्रहरी कुकुर ब्रुनीले अन्दाजी १० कि.ग्रा. वि.प. (पटाका) फेला पारेको र उत्त पटाका जिल्ला प्रहरी कार्यालय हेटौंडा मकवानपुरमा बुझाएको ।
२.मिति २०८०/०७/०३ गते दिउँसो १४:०० बजेदेखि १७:०० बजेसम्म बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचालन गरेको सुरक्षा योजना अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारी साधनहरुमा चेक जाँच गर्दा वि.प. खोजी गर्ने प्रहरी कुकुर ब्रुनीले ६ वटा पाकेट वि.प. (झिरझिरे पटका) फेला पारेको ।
लागू औषध खोजी एवं पहिचान
१.मिति २०७९।०७।०४ गते जिल्ला काभ्रेपलान्चोकको सिमानाका धुलिखेल हुँदै काठमाण्डौ भित्रने साना ठुला सवारी साधनहरुको चेकजाँचको निमित्त बागमती प्रदेश प्रहरी केनाईन शाखा, हेटौँडाबाट लागू औषध खोजी एवं पहिचान विषयको तालिम प्राप्त प्रहरी कुकुर सहितको टोली खटि गएकोमा उक्त ईलाकाबाट चल्ने सवारी साधनहरु चेकजाँच गर्ने क्रममा जिल्ला काभ्रेपलाञ्चोक निवासी १ जना व्यक्तिको साथबाट अन्दाजी ५०० ग्राम गाँजा बरामद गरीएको साथै बा.४ ख ५८१० अरनिको बस रामेछापबाट काठमाडौं जाँदै गरेको बस चेकजाँच गर्दा रामेछाप जिल्ला खामी गाउँपालिका बस्ने वर्ष २२ का ओम ब. मगरको साथबाट अन्दाजी ४ किलो गाजाँ बरामद गर्न सफल।
२.मिति २०७९/१०/१३ गते प्रदेश प्रहरी कार्यालय धनगढीको मौखिक आदेश अनुसार त्रिनगर भन्सारमा चेकजाँच गर्ने क्रममा अन्दाजि १० ग्राम लागू औषध (चरेश सहित ३ जना व्यक्तिहरु नियन्त्रणमा लिन सहयोग पुगेको ।
३.कर्णाली प्रदेश प्रहरी केनाईन शाखाबाट खटिएको केनाईन टोलीको साथमा मिति २०७९/११/०८ गते राति २१:४० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाँउ स्थित तुलसीपुर अमिलिया सडक खण्डमा आवत जावत गर्ने सवारी साधनहरुमा चेकजाँच गर्ने क्रममा नेपालगंज देखी तुलसीपुर तर्फ आउदै गरेको रा १ ख २८७२ नं. को माईक्रो गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार ऐ वडा नं. ९ बेलुवा बस्ने वर्ष २३ को रुपक सिंह सुनारको साथबाट ४ ग्राम ३५ मिलीग्राम लागू औषध (ब्राउन सुगर) बरामद गर्न सफल ।
४.कर्णाली प्रदेश प्रहरी केनाईन शाखाबाट खटिएको केनाईन टोलीको साथमा मिति २०७९/११/०८ गते राति १३:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भई हाल ऐ वडा नं. ९ बेलुवा स्थित अनिरा गिरिको घरमा डेराकोठा गरी बस्ने बर्ष ५० की रेवती भुजेलको घरकोठामा खान तलासी तथा चेकजाँच गर्ने क्रममा निजको भान्सा कोठाबाट ६ किलोग्राम १०० ग्राम लागू औषध (गाँजा) जस्तो देखिने पदार्थ बरामद गर्न सफल ।
५.कर्णाली प्रदेश प्रहरी केनाईन शाखाबाट खटिएको केनाईन टोलीको साथमा मिति २०७९/११/०९ गते दिनको १९:३० बजेको समयमा जसपुर देखि तुलसीपुर बजारतर्फ आउँदै गरेको बा ८२ प नं. को मोटरसाइकललाई जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्टार बोडिङ चोक नजिक रोकी चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार ऐ वडा नं. १२ जसपुर बस्ने वर्ष १९ को निराजन बस्नेतको साथबाट ४४० मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गर्न सफल।
६.मिति २०७९/११/१२ गते प्रदेश प्रहरी कार्यालय धनगढी र जि.प्र.का. महेन्द्रनगर को समन्वयमा गड्डा चौकी भन्सारमा लागू औषध कुकुरद्वारा चेकजाँच गर्ने क्रममा एक जना व्यक्तिको साथबाट कोरेक्स (ट्यावलेट २ पत्ता र १ बोतल) र अन्दाजी ३० ग्राम लागू औषध चरेश फेला पारेको ।
खोजी तथा उद्धार
१.जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ३ छेरा बस्ने बर्ष अ. ६० को लोक खत्री मिति २०७९/१२/०१ गते बिहान अन्दाजी ०८:०० बजेको समयबाट हराईरहेका घटनाको अनुसन्धानको निमित्त कर्णाली प्रदेश प्रहरी केनाईन शाखाबाट खोजी तथा उद्धार विषयको तालिम प्राप्त प्रहरी कुकुर सहितको केनाईन टोली खटि गएकोमा मिति २०७९/१२/०३ गते सम्भावित स्थानहरुमा सर्च गराँउदा सोही वडा छेरा गड्याङ कालाखोला स्थित सडक बिस्तारको लागि निर्माण कार्य भईरहेको सोलाबाङ बजारदेखि माछिमी भन्ने स्थानसम्म जोडेको राप्ती लोकमार्ग सडकदेखि अन्दाजी २५ मिटर तल निर्माणाधिन सडकबाट झरेको ढुङ्गा, माटो भएको स्थानमा कुकुरले संकेत गरेको र सोही ठाँउमा ढुङ्गा, माटो हटाई हेर्दा हराईरहेको व्यक्तिको मृत लाश फेला परेको।
तपाईँको अभिमत