बालबालिकाका लागि कोरोना खोप आउन ६ महिना लाग्ने
सरकारले आगामी माघ सम्म ५ करोड २२ लाख डोज कोरोना विरुद्धको खोप आउने अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफुले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र एष्ट्रेजेनेका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो ।
यसैगरी फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको पनि उहाँले बताउनुभयो । बालबालिकाहरुका लागि ल्याइने भनेको फाइजरको खोप पुस माघ सम्म आउने मन्त्रालयको अनुमान छ । यस्तै माघसम्ममा मोर्डना र कोभ्याक्सबाट अरु २ करोड ६३ लाख डोज खोप आउने छ । जसमा मोर्डनाको ४० लाख र कोभ्याक्सबाट अनुदानमा १ करोड १३ लाख तथा कोभ्याक्सबाटै लागत सहभागीतामा १ करोड १० लाख डोज खोप आउने मन्त्रालयको भनाइ छ ।
यसैगरी असोजसम्ममा जापानबाट अनुदानमा १६ लाख एष्ट्रेजेनेका र चीनबाट १६ लाख भेरोसेल तथा खरिदमार्फत ६० लाख डोज भेरोसेल र १० लाख डोज कोभिशिल्ड ल्याइने मन्त्रालयले जनाएको छ । कोभिशिल्डको भुक्तानी यसअघिनै भइसकेको छ । हालसम्म अनुदान र खरिदगरि नेपालमा ९७ लाख ८२ हजार डोज खोप नेपाल आइसकेको छ जसमध्ये ६२ लाख १७ हजार ९९२ डोज खोप प्रयोगमा आइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत