अक्सिजनको हाहाकार मच्चिरहेका बेला बंगलादेशमा उच्च संक्रमण

तस्विर रोयटर्स
अ +
अ -
काठमाडौं । बंगलादेशमा कोरोना महामारी सुरु भएयताकै दैनिक उच्च संक्रमण देखिएको छ । पछिल्लो समय बंगलादेशमा अक्सिजनको चरम अभाव भइरहेको छ । पछिल्लो २४ घण्टा ११ हजार ५२५ जनामा संक्रमण पुष्टि भयो भने १६३ जनाको मृत्यु भएको छ ।
मंगलबार सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ९ लाख ६६ हजार ४०६ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार लकडाउनको अवधि थप गरिएको छ ।
बंगलादेशमा गत महिना नयाँ संक्रमितको संख्यामा वृद्धि भएको थियो जतिबेला भारतमा पहिलो पटक डेल्टा भेरियन्ट भेटिएको थियो । भारतसँग सीमा जोडिएकाले संक्रमण बढेको विज्ञहरुले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत