यूनिफाइड केन्द्रिय अस्पताल वीरमा २ जना उपनिर्देशक नियुक्त
काठमाडौं । कोभिड–१९ यूनिफाइड केन्द्रिय अस्पताल वीरमा कोरोना संक्रमित तथा ननकाेभिडको उपचार व्यवस्थापनमा सहजीकरण गर्न २ जनालाई उपनिर्देशककाे जिम्मेवारी दिइएको छ ।
प्रमुख कन्सलटेन्ट चेस्ट फिजिसियन सह - प्राडा. अशेष ढुंगाना र नन् कोभिडतर्फको उपचार व्यवस्थापनका लागि बरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेललाई उपनिर्देशकको जिम्मेवारी दिइएको छ ।
अस्पताल प्रमुख प्राडा.जागेश्वर गौतमले यस अस्पतालले देशभरका सबै कोभिड अस्पतालहरुको कमाण्ड गर्नपर्ने भएकाले व्यवस्थापनमा सहज होस् भनेर २ जनालाई उपनिर्देशकको जिम्मेवारी दिइएको बताउनुभयो ।
जेठ ११ गतेको मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो ।
यो अस्पतालको सञ्चालन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ । यस युनिफाइड अस्पतालले देशभर कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्नेछ।
हेल्थपाटी
तपाईँको अभिमत