शुक्रराज अस्पतालमा कोरोना संक्रमितलाई मात्र भर्ना लिइने
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजबाट कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ ।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कोरोना संक्रमितको व्यवस्थापन गर्न अन्य बिरामीलाई भर्ना नलिने निर्णय गरिएको जानकारी दिनुभयो । कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो ।
अन्य सरुवा रोगका बिरामी भर्ना हुनैपर्ने अवस्थामा आए उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने अस्पतालका प्रमुख कन्सलटेन्ट डा अनुप बास्तोलाले बताउनुभयो ।
कोरोना संक्रमितको चाप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आजदेखि कोरोना संक्रमितलाई भर्ना लिएर उपचार सेवा दिन थालेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत