दशै तिहारमा घर जाँदा ७ दिन आनिवार्य क्वारेन्टिन बस्नुपर्ने
अ +
अ -
काठमाडौं । के तपाइँको घर गोरखा हो ? यदि तपाई दशैँ र तिहारमा घर जाँदै हुनुहन्छ भने ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । गोरखाको गण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुजेलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दसैँ र तिहारमा गाउँ जानेका लागि यस्तो व्यवस्था लागू गरेको हो ।
दशैँका लागि असोज ३० भित्र गाउँ पुगिसक्नुपर्ने र ७ दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लगाइएको हो । विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्नेछ भने वडामा पिङ हाल्न, जुवातास खेल्न पाइने छैन । असोज ३० गतेभित्र चाडपर्व किनमेल सकाउनु पर्नेछ ।

हेल्थपाटी
तपाईँको अभिमत